नेपालको पहिलो स्वचालित स्टिल उत्पादन कम्पनी जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढेको छ।
कम्पनीले अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि निर्यात गर्ने घोषणा गरेको छ। कम्पनीले भनेको छ, ‘निरन्तर अन्तर्राष्ट्रिय निर्यातको घोषणा गर्न पाउँदा कम्पनी निकै गौरवान्वित छ। हामी हाम्रा उच्च गुणस्तरका उत्पादन र सेवाहरूमा ग्राहकहरूको विश्वासप्रति कृतज्ञ छौँ।’
कम्पनीका अनुसार जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ, यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्तापाता हो। यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँछ।
रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टिल उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धिहरूसहित जगदम्बा स्टिल्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टिललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएसः १९१ ले हाम्रो उत्पादन आईएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र आईएसओ १४००१ः२०१५ (वातावरण व्यवस्थापन प्रणाली) लाई मान्यता दिँदै जगदम्बा स्टिलसले स्टिल उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्छ।
‘जगदम्बा स्टिलसले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दिगो उत्पादनलाई ध्यानमा राख्दै सधैं स्टिल उत्पादनका लागि गुणस्तरीय बेन्चमार्क मानक सेट गर्छ’, कम्पनीले भनेको छ।
आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तर मार्फत उपभोक्ताहरुलाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ।
‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन्। यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहकवर्गले दिएको अटुट माया र समर्थन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले भनेको छ।
‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं,’ जगदम्बा स्टिलसका प्रवक्ताले भने, ‘हाम्रो कम्पनी उत्पादनहरुको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ।
प्रतिक्रिया