ad ad

कारोबार


झिनो अंकले बढ्यो नेप्से, २४ दिनयताकै न्यून कारोबार

झिनो अंकले बढ्यो नेप्से, २४ दिनयताकै न्यून कारोबार

नेपालखबर
माघ १८, २०७९ बुधबार १५:४१, काठमाडौँ

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ।

झिनो अंकले बढेको बजारमा कारोबार रकम भने घटेको हो। अघिल्लो कारोबार दिन १५.७० अंकले घटेको बजारमा २ अर्ब ७९ करोड कारोबार भएको थियो।

आज कारोबार १ अर्ब ७६ करोडमा सीमित भएको छ। यो कारोबार रकम पछिल्लो २४ कारोबार दिनको तुलनामा सबैभन्दा कम हो।

पुस ७ गते नेप्सेमा १ अर्ब ८ करोडको कारोबार भएको थियो। पुस ७ गतेपछि दैनिक २ अर्ब बढीको कारोबार हुँदै आएको थियो। 

बुधबार नेप्से ४.९७ अंकले बढेर २ हजार ११६ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका २६१ कम्पनीको ५० लाख २४ हजार पटकको कारोबार हुँदा १ अर्ब ७६ करोडको कारोबार भएको छ। 

आज आर्दश लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स ८.२८ प्रतिशत र इष्टर्न हाइड्रोपावरको सेयरमूल्य ६.१७ प्रतिशतले बढेको छ। 

त्यसैगरी नेपाल बैंकको सर्वाधिक ५ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .