ad ad

कारोबार


स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच द्रुत बैंकिङ सेवा सञ्चालन सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच द्रुत बैंकिङ सेवा सञ्चालन सम्झौता

नेपालखबर
माघ २५, २०७९ बुधबार १३:४६, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ। 

फास्ट बैंकिङ्ग नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुसन हो। 

यस सम्झौता पश्चात प्रभु बैंकका ग्राहकहरुले फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन्। साथै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्गमै जोड्न सकिन्छ र फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत् रुपमा घटाउन सकिन्छ ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापनाकालदेखि  नै ग्राहकहरुको  पहिलो रोजाइ बनेको प्रभु बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ।

सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .