भिभोले भ्यालेन्टाइन सप्ताहलाई अझ विशेष बनाउन ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ।
यसअनुसार १० फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले १५ हजार रुपैयाँको स्टेकेसन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
भिभो स्मार्टफोनहरु यसको कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुका कारण उत्कृष्ट उपहार साबित भएका छन्। तीमध्ये यी स्मार्टफोनहरु भ्यालेन्टाइन उपहारका लागि उत्कृष्ट हुन सक्छन्ः
१) भी२३ई
भिभो भी२३ई फोटोग्राफीप्रति रुचि भएका वा तस्विरहरू क्लिक गर्न मन पराउने तपाईंको विशेष व्यक्तिलाई उपहार दिनको लागि उत्कृष्ट स्मार्टफोनहरू मध्ये एक हो।
यसमा ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी क्यामेरा र पछाडि ६४ एमपी नाइट क्यामेरा रहेको छ र भी२३ई को ८एमपी वाइड एंगल र २एमपी म्याक्रो क्यामेराले उच्च–रिजोल्युसनका तस्विरहरू प्रदान गर्दछ। यसमा भएको आई अटोफोकसले असाधारण परिशुद्धताका साथ आँखामा फोकस गरेर प्रयोगकर्ताहरूलाई प्रेम र खुशीका क्षणहरू द्रुत रूपमा खिच्न सक्षम बनाउँछ।
भी२३ई ले ४४ वाट फ्ल्यासचार्ज मार्फत सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ। यो दुईवटा भेरियन्ट –८ + १२८ जीवी भेरियन्टमा रु ३६,९९९ र ८ + २५६ जीवी भेरियन्टमा रु ४१,९९९ मा उपलब्ध छ।
२) वाई२०एस
यसमा आखाँको आरामका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ। फोनलाई उत्कृष्ट फोटोग्राफी प्रकार्यहरूसँग सुन्दर ढंगले डिजाइन गरिएको छ जसले कुनै पनि समय, जहाँसुकै पनि निर्बाध प्रदर्शन गर्न अनुमति दिन्छ। यसको मुल्य रु २३,४९९ रहेको छ। गुणस्तर र स्टाइलको प्रतिक यो स्मार्टफोन तपाईको प्रियजनको लागि उत्कृष्ट उपहार हुनसक्छ।
३) वाई१५सी
स्पष्ट तस्वीरका लागि वाई१५सी मा १३ एमपी रियर क्यामेरा रहेको छ र ५०००एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कार्यका लागि पर्याप्त चार्ज प्रदान गर्दछ। यसमा साइड –माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ जुन स्लिम देखिन्छ र एक परिष्कृत छवि दिन्छ। यो तपाईंको प्रियजनका लागि उत्तम उपहार हुनसक्छ र यसको मुल्य रु १४,९९९ रहेको छ।
४) वाई ५३एस
वाई५३एस शक्तिशाली ब्याट्री, सुन्दर डिजाइन र शक्तिशाली मेमोरी भएको स्मार्टफोन हो। यस भ्यालेन्टाइन डेको सम्झनाहरू संगालनका लागि यसमा ८ जीवी र्याम र १२८ जीवी रोम रहेको छ। वाई ५३एसमा ६४ एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ। यसमा ५००० एमएएच ब्याट्री र ३३ वाट फ्ल्यास–चार्ज रहेको छ।
यसको मुल्य रु ३०,९९९ रहेको छ।
Shares

प्रतिक्रिया