ट्युनिसियाको लागि अवैतनिक वाणिज्यदूतको जिम्मेवारी भवानी राणाले पाएकी छन्। उनले प्रमाणपत्र समेत ग्रहण गरेकी छन्।
जिम्मेवारी पाएकोमा उनले ट्युनिसिया सरकार र नेपाल सरकारलाई धन्यवाद समेत प्रदान गरेकी छन्।
उनी भन्छिन्, ‘हाम्रो अध्ययन अनुसार हाल ट्युनिसियासँग सानो आकारको तर महत्वपूर्ण व्यापारिक आदानप्रदान हुने गरेको छ। ट्युनिसियाबाट ओलिभ आयल, हेलिकोप्टरको मेसिनरी पार्ट्स आयात हुने गरेको छ भने नेपालबाट गलैँचा र हस्तकलाका सामान निकासी हुने गरेको छ, ती वस्तुको निकासी बढाउन पहल गर्नेछु।’
अबका दिनमा यस जिम्मेवारीमा रहेर नेपाल र ट्युनिसियाबीच व्यापार अभिवृद्धिका लागि पहल गर्ने उनको भनाइ छ। त्यस्तै व्यापारबाहेक पर्यटन प्रवर्द्धनमा समेत सम्भावना रहेको छ।
त्यसैले पर्यटन प्रवर्द्धनका लागि समेत काम गर्ने बताइन्। राणा नेपाल उद्योग वणिजय महासंघकी निर्वतमान अधयक्ष समेत हुन्।
Shares
प्रतिक्रिया