कारोबार


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार, पुँजी २.८० अर्ब पुग्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार, पुँजी २.८० अर्ब पुग्यो

नेपालखबर
फागुन १७, २०७९ बुधबार ११:३५, काठमाडौँ

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले आज फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्।

मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार गर्ने भएका हुन्।

दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन्। मर्जर पश्चात् प्रिमियर इन्स्योरेन्सको एक सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको पनि एक सेयर हुनेछ।

मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहनेछन्। सञ्चालक समितिको अध्यक्ष र डीसीईओ भने हालसम्ममा तय भएको छैन।

सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ र प्रिमियरको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो।

दुवै कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो भने गत असार २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .