कारोबार


फस्टाउँदै रमेश शर्माको ठेक्का व्यवसाय, एकै वर्षमा गरे साढे २ अर्ब आम्दानी

फस्टाउँदै रमेश शर्माको ठेक्का व्यवसाय, एकै वर्षमा गरे साढे २ अर्ब आम्दानी

नेपालखबर
फागुन २८, २०७९ आइतबार १७:१७, काठमाडौँ

ठेक्का व्यवसायमा आबद्ध  शर्मा एन्ड कम्पनीको सञ्चालन आम्दानी बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको हो। 

आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेकोमा अहिले बढेको छ।

कर, ब्याज, भाडा, अबमुल्यन बाहेकको नाफा भने घटेको छ। २०७७/०७८ मा १०.५ प्रतिशत रहेकोमा ०७८/०७९ मा ८.९ प्रतिशत रहेको छ। 

शर्मा एन्ड कम्पनी १९९६ मा राधाकृष्ण शर्माले स्थापना गरेका थिए। ठूला ठेकेदारमध्येको कम्पनीले पुल, भवन, खानेपानीका आयोजनामा काम गरिरहेको छ। 

कम्पनीको पूर्ण सेयर शर्मा कम्पनीकै रहेको छ। अध्यक्ष रहेका रमेश शर्माको ६७ प्रतिशत सेयर रहेको छ भने बाँकी शर्मा परिवारकै ३ जनाको नाममा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .