कारोबार


स्ट्यान्डर्ड चार्टड बैंकद्वारा ‘होम रन २०२३’ आयोजना

स्ट्यान्डर्ड चार्टड बैंकद्वारा ‘होम रन २०२३’ आयोजना

नेपालखबर
चैत ८, २०७९ बुधबार १९:२५, काठमाडौँ

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ‘फ्युचरमेकर्स’का लागि कोष संकलन कार्यक्रम आयोजना गरेको छ।

बैंकले आफ्नो दिगोपन पहल ‘फ्यूचरमेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’ का लागि गएको शनिबार स्टाफ फन्डरेजिङ कार्यक्रम ‘होम रन २०२३’ आयोजना गरेको हो। 

कार्यक्रममा करिब २०० कर्मचारीले नक्साल, न्यूरोड र नयाँ बानेश्वरमा रहेका बैंकका शाखा कार्यालयहरू हुँदै ११ किलोमिटरको पैदल यात्रा, दौड र साइकल चलाएर भाग लिएका थिए। 

कार्यक्रम मार्फत संकलित कोष नेपालमा फ्यूचरमेकर सम्बन्धी सीएसआर परियोजनाहरूमा प्रयोग गरिने बैंकले जनाएको छ। 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले आगामी पुस्तालाई सिक्न, कमाउन र हुर्काउन सशक्त बनाउन

सहयोग पुर्याउने यस महान कार्यको लागि एकजुट भएकोमा स्टाफ सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरे। 

‘स्ट्यान्डर्ड चार्टर्डमा, हामी विश्वास गर्छौं कि सबैजनाले आफ्नो क्षमतालाई महसुस गर्ने अवसरको हकदार छन्। होम रन भनेको रकम जुटाएर र न्यून आय भएका पृष्ठभूमिका युवाहरूलाई समर्थन गरेर फरक पार्ने बैंकको उत्कृष्ट पहल भएको बैंकको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .