कारोबार


२०२० मा ३ लाख बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने

२०२० मा ३ लाख बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने

प्रजय शुक्ल
पुस २०, २०७६ आइतबार १:५२,

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले यो वर्ष तीन लाख बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी लण्डनस्थित नेपाली राजदूतावासले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत सुवेदीले यस्तो बताएका हुन्।

उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न बेलायतबासी नेपालीलाई आग्रह गरे।

‘यस वर्ष तीन लाख बेलायती पर्यटकले नेपाल भ्रमण गर्न सक्ने मेरो विश्वास छ,’ राजदूत सुवेदीले भने, ‘भ्रमण वर्षलाई सफल पार्न हामी सबै जुट्नुपर्छ।’

भ्रमण वर्ष अभियानलाई सार्थक सहयोग पुर्याउने उद्देश्यसहित राजदूत सुवेदीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मूल समिति युके र यस अन्तर्गत विभिन्न २२ वटा समिति गठन गरिएको छ।

बेलायतमा मैत्रीपूर्ण फुटबल हुने
भ्रमण वर्षको प्रचारका लागि नेपाली राष्ट्रिय फुटबल टिम र इंग्ल्याण्ड फुटबल एसोशिएसनबीच यो वर्षको में २५ तारिखमा बेलायतमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। राजदूत सुवेदीले शनिबार यस्तो जानकारी दिएका हुन्।

बेलायत र नेपालबीचको २०४ वर्ष पुरानो दैत्य सम्बन्धलाई मैत्रीपूर्ण फुटबलले अझ प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे। ‘मैत्रीपूर्ण फुटबल खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ,’ सुवेदीले भने ।

1111 Subedi

उनले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टहरुले नेपालको पहिचानका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रसंसा गरे।

नेपाली रेस्टुरेन्टहरुलाई नेपाल भ्रमण वर्षको प्रचार प्रसारका लागि पनि काम गर्नुपर्ने उनको भनाई थियो।

गत वर्ष नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा लण्डनका ५० वटा बसमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको थियो।

दूतावासका उपनियोग प्रमुख शरद राज आरणले आम बेलायतबासी नेपालीको सहयोग भए भ्रमण वर्ष सफल हुने बताए । आरनले दूतावासले बेलायतका चारवटै राज्यमा पर्यटन प्रवद्र्धन सम्बन्धि विविध कार्यक्रम गरिने जानकारी दिए।

कार्यक्रममा एनआरएन युकेका अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै संघसंस्थालाई नेपाल भ्रमण वर्ष सफल पार्न आव्हान गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad