संयुक्त राज्य अमेरिका युरोपको ठूलो कच्चा तेल आपूर्तिकर्ता बनेको छ।
सीएनएनका अनुसार उसले रुसलाई पछि पारेको हो। गत डिसेम्बरमा युरोपको १८ प्रतिशत कच्चा तेल अमेरिकाबाट आएको ईयूको तथ्यांक कार्यालय युरोस्ट्याटले मंगलबार जनाएको हो।
त्यतिबेलासम्म रुस नै ठूलो आपूर्तिकर्ता थियो। सन् २०२२ को जनवरी सकिँदासम्म कुल आयातको ३१ प्रतिशतभन्दा धेरै कच्चा तेल रुसले आपूर्ति गरिरहेको थियो। जब कि त्यतिखेर अमेरिका दोस्रो स्थानमा थियो। उसको हिस्सा १३ प्रतिशत थियो।
युक्रेनमाथि आक्रमण थालेयता युरोपको ऊर्जा आपूर्तिमा उतारचढाव आएको छ। युरोपेली देशले रुसप्रतिको निर्भरता घटाइरहेका छन्।
चैत १५, २०७९, बुधबार
प्रतिक्रिया