राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई सो रकमबराबरको चेक बुधबार हस्तान्तरण गरेका छन्।
नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलता सम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरिएको हो।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध छन्।
चैत १५, २०७९, बुधबार
प्रतिक्रिया