इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकर कमिसन घटाउनुपर्ने बताएका छन्।
उनले समृद्ध नेपालको आधार, पुँजीबजारमा सुधार नामक लगानीकर्ता अन्तर्क्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बजार सुधार धेरै काम गरेको रौनियारले बताए।
उनले बजार विकासको काम गर्दै जाँदा खुट्टा नकमाउन समेत हमाललाई आग्रह गरे।
‘तपाईले बजार विकास र सुधार लागि धेरै कम गर्नुभएको छ। तपाईंले गर्नुभएको काम हामी सबैमा अवगत नै छ’, उनले भने, ‘तपाई सिंघम भएर काम गर्नुस्।’
चैत १५, २०७९, बुधबार
प्रतिक्रिया