कारोबार


विजयश्री स्टिलको एक वर्षको सञ्चालन आम्दानी ४ अर्ब ७१ करोड

विजयश्री स्टिलको एक वर्षको सञ्चालन आम्दानी ४ अर्ब ७१ करोड

नेपालखबर
बैशाख ११, २०८० सोमबार १६:४३, काठमाडौँ

विजयश्री स्टिल लिमिटेडले एक वर्षमा ४ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ। आर्थिक वर्ष ०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष ११.७ प्रतिशतले आम्दानी घटेको हो।

गत आर्थिक वर्षको तुलनामा कर, ब्याज, अवमूल्यनसहितको नाफा घटेको छ। यस्तो नाफा गत आर्थिक वर्ष १.९७ प्रतिशत रहेकोमा अघिल्लो वर्ष २.२९ प्रतिशत छ। 

कम्पनीले ४७ हजार ५२१ मेट्रिक टन टीएमटी बार बिक्री गरेको छ। जुन कम्पनीले लक्ष्य राखेभन्दा ३२ प्रतिशतले घटेको छ। ऋणको ब्याजदर बढ्दा कम्पनीको नाफामा गिरावट आएको छ। 

आर्थिक वर्ष ०७७/०७८ मा ५ अर्ब ३४ करोड रुपैयाँको आम्दानी गरेको थियो। त्यसअघि २०७६/०७७ मा ३ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको थियो। उक्त वर्ष नाफा ४.५९ प्रतिशत नाफा गरेको छ। 

कपिलवस्तुको शिवराजमा स्टिलको प्लान्ट छ। बोर्डरबाट ११ किलोमिटर दूरीमा मात्रै रहेको उद्योगले भारतबाट ल्याउने कच्चा पदार्थको यातायात खर्च कम  भइरहेको छ।  

कम्पनीले स्पञ्ज आइरन, पिग आइरन र वायर रोड भारतबाट आयात गरी टीएमटी बार उत्पादन गर्दै आएको छ।

कम्पनीको खर्चमध्ये ९४ प्रतिशत मात्रै स्पञ्ज आइरनमा व्यवस्था छ। नेपालमा आइरन र स्टिल उद्योग ठूला प्लेयर र साना व्यवसायीबीच प्रतिस्पर्धा भइरहेको छ।  

विजय ग्रुप अफ कम्पनिज ३० वर्षदेखि औद्योगिक क्षेत्रमा आबद्ध रहेको छ। ग्रुप सिमेन्ट उत्पादन, ब्याट्री उत्पादन, बिटुमिन ट्रेडिङ, कृषि र शिक्षा क्षेत्रमा लगानी छ। विकास केडियाको नेतृत्वमा ग्रुप सञ्चालन भइरहेको छ। 

विजयश्री स्टिल सन् २०१७ मा स्थापना भई २०१८ बाट टीएमटी फलामे छड उत्पादन गर्दै आएको छ। कम्पनीले दैनिक ७०० मेट्रिकटन टीएमटी बार उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .