कारोबार


सरकारी स्वामित्वको हाइड्रो कम्पनीले १२ प्रतिशत लाभांस दिने

सरकारी स्वामित्वको हाइड्रो कम्पनीले १२ प्रतिशत लाभांस दिने

नेपालखबर
पुस २८, २०७६ सोमबार ९:४७,

सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५ वर्षे व्यवसायीक योजनालाई कार्यान्वयनमा जोड दिएको छ।

सोमबार बसेको कम्पनीको आठौं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष तथा उर्जा सचिव दिनेशकुमार घिमिरेले ५ वर्षे व्यवसायीक योजना अन्तर्गत निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागिएको बताएका हुन्।

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ देखि नै पाँच वर्षे व्यवसायीक योजना लागू भइसकेको भएपनि यो वर्षदेखि प्रभावकारी कार्यान्वयनमा जाने जानकारी दिए। उनले विगतमा कम्पनीले अन्य आयोजनाहरुमा ऋण लगानी गर्दै आएको र आगामी दिनमा निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युतमा स्वपूँजी लगानी गर्ने बताए। त्यस्तै कम्पनीको वित्तीय, संस्थागत एवं प्राविधिक सुदृढिकरणमा जोड दिइएको र स्वपूँजी लागनी मार्फत शेयरधनीको प्रतिफल बढाउने योजना रहेको उनले बताए।

साधारणसभामा शेयरधनीहरुले सञ्चालकहरुको तलब भत्ता उच्च हुँदा समेत व्यवसायीक योजना अनुसार काम गर्न नसकेको र शेयरधनीहरुको प्रतिफल बढाउन नसकेको भन्दै प्रश्न गरेका थिए।

कम्पनीले पाँच वर्षे व्यवसायीक योजना अन्तर्गत गत आर्थिक वर्षसम्ममा कुल ५ सय ३३ मेगावाट क्षमताका आयोजनामा ६ अर्ब १ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य लिएपनि अहिलेसम्म कुनैपनि आयोजनामा लगानी गरेको छैन। कम्पनीको साधारणसभाले चुक्ता पूँजीको १२ प्रतिशत अर्थात १ अर्ब ३२ करोड बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad