कारोबार


इसेवाबाट एक करोडको घरबीमा वार्षिक ५०० देखि ४५ सय रुपैयाँ सम्ममा

इसेवाबाट एक करोडको घरबीमा वार्षिक ५०० देखि ४५ सय रुपैयाँ सम्ममा

नेपालखबर
जेठ २५, २०८० बिहिबार १४:५४, काठमाडौँ

भुक्तानी सेवा प्रदायक इसेवाले यूएसआईडी तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर  बीमा सुविधा ल्याएको छ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुने कम्पनीले जनाएको छ। साथै, अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्नेछन्।।

यस योजना इसेवाको मोबाइल एप भित्र रहको इन्स्योरेन्स् शिर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ। बीमा नीति अनुसार एक करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक रू ५०० देखि ४५ रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ।

बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ। यस योजनामा सहभागि हुन घर धनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ। इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाइमा लागू हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार  ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका दुई लाख बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेको कम्पनीले जनाएको छ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .