कारोबार


माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई १० थान पङ्खा हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई १० थान पङ्खा हस्तान्तरण

नेपालखबर
असार १२, २०७६ बिहिबार १४:२२,

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत मोरङ जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको श्रीखण्ड माध्यमिक विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ।

तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको कम उपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्देश्यले बैंकले उक्त पङ्खाहरु प्रदान गरेको हो।

बैंकको मोरङ जिल्ला विराटचोकस्थित शाखा कार्यालय प्रमुख रमेश अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्यलाई पङ्खाहरु हस्तान्तरण गरेका हुन्।

माछापुच्छ्रे बैंकले लि.ले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका बिभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवि प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तिय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ।

माछापुच्छ्रे बैंक लिमिटेडले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११५ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२७ स्थानवाट ६ लाख भन्दा बढी ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १३७ वटा एटीएमहरु संचालनमा रहेको छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad