कारोबार


कर्जाको ब्याजदर घट्दै, कुन बैंकले कति दरमा दिँदैछन् घरलाई ऋण?

कर्जाको ब्याजदर घट्दै, कुन बैंकले कति दरमा दिँदैछन् घरलाई ऋण?

केशर बोगटी
असार ३, २०८० आइतबार २१:३६, काठमाडौँ

बैंकहरुको ब्याजदर घट्दो क्रममा छ। ब्याजदर घट्दै जाँदा बैंकहरुले कर्जाको स्किम ल्याउन थालेका छन्। 

नेपाल राष्ट्र बैंकले पछिल्लो तीन  महिनाको आधारदरको परिवर्तनका आधारमा महिनैपिच्छे कर्जाको ब्याजदर घटाउन, बढाउन पाउने व्यवस्था गरिदिएको छ। 

अहिले अधिकांश बैंकको कर्जाको ब्याजदर घट्न थालेको छ। यसअघि त्रैमासमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न सकिने व्यवस्था थियो। 
पछिल्लो तीन महिनाको औसत आधारदरको तुलनामा बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन्। बैंकहरुले घरका लागि स्किम नै ल्याएर सस्तो कर्जा उपलब्ध गराउन थालेका छन्। 

असार १ गतेदेखि लागू हुने गरी बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आधारमा राष्ट्रिय वाणिज्य बैंकले ११.४४ प्रतिशतमा घर कर्जा दिन थालेको छ। 

कृषि विकास बैंक, प्रभु बैंकलगायतले १२ प्रतिशतको हाराहारीमा कर्जा कर्जा दिन थालेका छन्। 

यस्तो छ बैंकहरुको घर कर्जा दर? 

नबिल बैंक 
नबिल बैंकको आधारदर ९.८३ प्रतिशत छ। बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम जोडेर घर कर्जाको ब्याजदर कायम गरेको छ।

कृषि विकास बैंक
कृषि विकास बैंकको आधार १०.२७ प्रतिशत छ। बैंकले आधार दरमा (पाँच वर्षे कर्जामा घर कर्जामा २ प्रतिशत), १० वर्षेमा साढे २ प्रतिशत, १० वर्षेमाथिको कर्जामा ३ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरेको छ। 

बैंकले फिक्स किसिमको (पाँच वर्षे कर्जामा १३.०२ प्रतिशत), १० वर्षेमा १३.२७ प्रतिशत, १० वर्षे माथिको कर्जामा १३.५२ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले (पाँच वर्षे कर्जामा २ प्रतिशत), १० वर्षेमा साढे २ प्रतिशत, १० वर्षे माथिको कर्जामा ३ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरेको छ। 

सिद्धार्थ बैंक 
सिद्धार्थ बैंकको आधार दर १०.४० प्रतिशत छ। पछिल्लो तीन महिनाको औसत आधारदर १०.४० प्रतिशत रहेको बैंकले जनाएको छ। 

यो आधारदरमा साढे ४ प्रतिशत प्रिमियम जोडेर बैंकले घर कर्जाको ब्याजदर कायम गरेको छ। फिक्स घर कर्जा (पाँच वर्षे अवधि) मा ११.९९ प्रतिशत, १० देखि १० वर्षे अवधिको कर्जामा १२.४९ प्रतिशत र १० वर्षमाथिको कर्जामा १३ प्रतिशत ब्याजदर कायम गरेको छ। 

प्रभु बैंक
प्रभु बैंकले पाँच वर्षको अवधिको घर कर्जामा १२.९९ प्रतिशत र ५ वर्षमाथिको कर्जामा १३.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। अन्य अवधिको घर कर्जाको हकमा भने ५ प्रतिशत प्रिमियम थपेर ब्याजदर कायम गरिएको छ। 

सनराइन बैंक 
सन्राइज बैंकको आधारदर बैंकको आधारदर ११.०८ प्रतिशत छ। बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम जोडेर घर कर्जाको ब्याजदर कायम गरेको छ। बैंकले फिक्स कर्जाको हकमा १३ प्रतिशत ब्याजदर कायम गरेको छ। 

नेपाल बैंक 
नेपाल बैंकको आधार दर ९.७६ प्रतिशत छ। बैंकले आधारदरमा न्यूनतम २ देखि ३.५ प्रतिशत प्रिमियम कायम गरी घर कर्जाको ब्याजदर कायम गरेको छ। 

बैंकले ५ वर्ष अवधिको घर कर्जामा न्यूनतम २ प्रतिशतदेखि २.५० प्रतिशत, १० वर्षअवधिको कर्जामा २ देखि ३.५० प्रतिशत, १५ वर्षे अवधिको कर्जामा ३.५० प्रतिशतदेखि ४ प्रतिशत ब्याजदर कायम गरेको छ। 

एनआईसी एशिया बैंक 
एनआईसी एशिया बैंकको आधारदर १०.४५ प्रतिशत छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थपेर घर कर्जाको ब्याजदर कायम गरेको छ। 

राष्ट्रिय वाणिज्य 
राष्ट्रिय वाणिज्य बैंकको पछिल्लो तीन महिनाको औसत आधारदर ८.४४ प्रतिशत छ। 

बैंकले ५ वर्ष अवधिको घर कर्जाको हकमा ३ प्रतिशत प्रिमिय, १० वर्षमा ३.२५ प्रतिशत प्रिमियम र १५ वर्ष अवधिको कर्जामा ३.५० प्रतिशत प्रिमियम थपेर ब्याजदर कायम गरेको छ। 

बैंकले स्थिर ब्याजदर (प्राकृतिक व्याक्तिको आवधिक कर्जा) को हकमा अधिकतम १४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। 

ग्लोबल आईएमई बैंक
ग्लोबल आइएमई बैंकको आधारदर ११.०५ प्रतिशत छ। बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम थपेर घर कर्जाको ब्याजदर कायम गरेको छ।

यता फिक्स कर्जाको हकमा भने (५ देखि २० वर्ष) अवधिको कर्जामा न्यूनतम १३ देखि १४ प्रतिशत ब्याजदर कायम गरेको छ। 

एभरेष्ट बैंक 
एभरेष्ट बैंकको आधार दर १०.०५ प्रतिशत छ। बैंकले आधारदरमा साढे ४ प्रतिशत प्रिमियम थपेर घर कर्जा दिन थालेको छ। 

बैंकले १ करोडसम्मको ७ वर्षे अवधिको कर्जामा १२.५० प्रतिशत, १० वर्षे अवधिको कर्जामा १३.५० प्रतिशत र १० वर्ष माथिको कर्जामा १४.५० प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले आधारदरमा साढे ४ प्रतिशत प्रिमियम कर्जाको ब्याजदर कायम गरेको छ। 

नेपाल एसबीआई 
नेपाल एसबीआई बैंकको आधारदर १०.९९ प्रतिशत छ। बैंकले आधारदरमा पाँच ५ प्रतिशत प्रिमियम थपेर यस्तो कर्जाको ब्याजदर कायम गरेको छ। 

बैंकले स्थिर ५ वर्ष अवधिको कर्जामा १३.५० प्रतिशत, ३ देखि ३ वर्ष अवधिको कर्जामा १४.५० प्रतिशत ५ देखि १० वर्ष अवधिको कर्जामा १५ प्रतिशत र १० वर्षमाथिको कर्जामा १५.५० प्रतिशतमा कर्जा प्रवाह गर्दै आइरहेको छ। 

स्टान्डर्ड चार्टर्ड बैंक 
स्टान्डर्ड चार्टर्ड बैंकको आधादर ९.३५ प्रतिशत छ। बैंकले ब्याजदर परिवर्तन हुने घर कर्जामा यूनतम २ देखि ४ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्दै आइहरहेको छ। 

बैंकले ब्याजदर परिवर्तन नहुने (फिक्स) किसिमको ५ वर्ष अवधिको कर्जाको १३.२५ प्रतिशत, ५ देखि १० वर्षे अवधिको कर्जामा १३.७५ प्रतिशत र १० वर्ष माथिको कर्जामा १४.५० प्रतिशत कर्जा ब्याजदर कायम गरेको छ। 

एनएमबि बैंक
एनएमबि बैंकको पनि आधार दर १०.५२  प्रतिशत छ। बैंकले पछिल्ले तीन महिनाको औषत आधार दरमा ५ प्रतिशत प्रिमियम जोडेर घर कर्जाको ब्याजदर कायम गरेको छ। 

इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधारदर १०.०६ प्रतिशत छ। पछिल्लो तीन महिनाको आधार दर ५ प्रतिशत प्रिमियम जोडेर घर कर्जाको ब्याजदर कायम गरेको छ। 

प्राइम कमर्सियल बैंक 
प्राइम कमर्सियल बैंकको आधारदर ११.०५ प्रतिशत छ। यस बैंकले घर कर्जामा न्यूनतम् १३ देखि अधिकतम १४ प्रतिशत ब्याजदर कायम गरेको छ।

माछापुच्छ्रे बैंक 
माछापुच्छ्रे बैंकले ५ वर्षे अवधिको घर कर्जा १४ प्रतिशत, ५देखि १० वर्षे अवधिको कर्जामा १४ प्रतिशत र १० वर्ष बढीको अवधिको घर कर्जामा १६ प्रतिशत ब्याजदर कायम गरेको छ। 

त्यसैगरी बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर कायक गरेको छ। 

सिटिजन्स बैंक 
सिटिजन्स बैंकको आधारदर ११.११ प्रतिशत छ। बैंकले आधारदरमा साढे ४ प्रतिशत प्रिमियम जोडेर घर कर्जाको ब्याजदर कायम गरेको छ। 
सानिमा बैंक
सानिमा बैंकको आधारदर १०.६४ प्रतिशत छ। बैंकले आधारदरमा ५ प्रतिशत जोडेर घर कर्जाको ब्याजदर कायम गरेको छ। 

कुमारी बैंक
कुमारी बैंकको आधारदर ११.८८ प्रतिशत छ। बैंकले आधारदरमा न्यूनतम् २ देखि ५ प्रतिशत प्रिमियम जोडेर घर कर्जाको ब्याजदर कायम गरेको छ। 

हिमालयन बैंक 
हिमालय बैंकको आधारदर १०.८३ प्रतिशत छ। बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम जोडर घर कर्जाको ब्याजदर कायम गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .