कारोबार


सनराइज बैंकद्वारा विद्यालयमा ‘प्याड एटीएम’ हस्तान्तरण

सनराइज बैंकद्वारा विद्यालयमा ‘प्याड एटीएम’ हस्तान्तरण

नेपालखबर
असार ६, २०८० बुधबार १५:५९, काठमाडौँ

सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणका लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी ‘एटीएम प्याड’ प्रदान गरेको छ।

हाल विद्यालयमा व्यवस्थित शौचालय र सेनिटरी प्याडको व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने देखिन्छ। यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा ‘अटोमेटेड प्याड मेन्डिङ मेसिन’ प्रदान गरेको हो।

एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ।

बैंकले आज एक कार्यक्रमका बिच काठमाडौँको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड एटीएम र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ।

बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्य, सीएसआर प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितीमा विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन्।

साथै बैंकद्वारा ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको थियो।

बैंकले देशका विभिन्न ठाउँमा एटीएम प्याड प्रदान गर्ने क्रममा मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ्ग, वालिङ्ग, कावासोती, बर्दिवास, तेह्रथुम, विरेन्द्रनगर लयागतका ठाउँहरुमा उक्त मसिनहरु हस्तान्तरण गरिसकेको जनाएको छ।

बैंकले देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad