कारोबार


योजना आयोगका सदस्य फुँयाल आईएलओको गोष्ठीमा भाग लिन जेनेभातिर

योजना आयोगका सदस्य फुँयाल आईएलओको गोष्ठीमा भाग लिन जेनेभातिर

नेपालखबर
असार १०, २०८० आइतबार ११:४०, काठमाडौँ

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन्। 

सामाजिक सुरक्षा र सार्वजनिक वित्त व्यवस्थापनबीच समन्वय सुधार गर्न आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन सदस्य फुयाँल आइतबार विहान कतारको दोहा ट्रान्जिट भएर स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेका हुन्।

जुन १८ देखि २८ सम्म हुने सेमिनारमा नेपालका तर्फबाट सदस्य फुयाँलले सम्बोधन समेत गर्नेछन्। 

नेपालमा श्रमिक समस्या, रोजगारीको अवस्था लगायत विषयमा डा. फुयाँलले सम्वोधन गर्ने कार्यसूची छ। सेमिनारमा सहभागी भएर फुँयाल जुलाई १ मा स्वदेश फर्कनेछन्।

आईएलओ, युनिसेफ, ग्लोबल कोलिसन फर सोशल प्रोटेक्शन फ्लोर्स र युरोपेली युनियनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीले दीगो विकास र निर्माणका लागि नवीन अभ्यास र रणनीतिहरूबारे छलफल गर्ने छ। 

यस गोष्ठीमा एसिया, युरोप, अफ्रिका, अमेरिकाका विभिन्न देशका नीति निर्माताहरू, सामाजिक साझेदारहरू, नागरिक समाज र विकास साझेदारहरू सहभागी हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .