सर्बोत्तम सिमेन्टको आम्दानीमा गिरावट आएको छ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ३ अर्ब ६४ करोड रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको हो।
२०७८/०७९ मा ७ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको आम्दानी घटेको छ।
२०७७/७८ मा कम्पनीको आम्दानी करिब ९ अर्ब रुपैयाँ थियो। पछिल्ला २ वर्षका कम्पनीको आम्दानी र नाफा दुवै घट्दै गइरहेका छन्।
विष्णु न्यौपाने रहेको सौरभ ग्रुपको लगानी रहेको उद्योगमा निर्माणका क्षेत्रमा मन्दी आउँदा कारोबार घटेको उल्लेख गरेको छ।
सुरुमा कम्पनीको वार्षिक ४ लाख मेट्रिकटन क्षमता रहेकोमा अहिले क्लिङकर वार्षिक १० लाख मेट्रिकटन उत्पादन गर्न सक्छ।
सन् २०१० मा स्थापना भएको कम्पनी २०१९ मा पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको छ।
15
Shares
प्रतिक्रिया