कारोबार


नाडा प्रतिनिधिमण्डल र भन्सार महानिर्देशकबीच छलफल

नाडा प्रतिनिधिमण्डल र भन्सार महानिर्देशकबीच छलफल

नेपालखबर
असार १५, २०८० शुक्रबार २०:२७, काठमाडौँ

नाडाका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी विभिन्न विषयमा छलफल गरेको छ।

भेटघाटका अवसरमा वीरगञ्ज भन्सार कार्यालय, पर्साले २०८० श्रावण १ गते पछि पैठारी हुने तयारी मालबस्तु बजारमा बिक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालबस्तुको प्याकिङ्गमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनु पर्ने भन्ने विषयमा जारी गरेको सूचना लगायत व्यवसायीहरुलाई भन्सारमा परेको समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ।

छलफलमा नाडाका अध्यक्ष थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै सो सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोवाइल स्पेयर पार्टसका कतिपय बस्तुहरुमा यस्तो व्यवस्था लागू गर्न कठीनाई हुने भनाई राखे।

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरु बारे जिज्ञासा राखे।

छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले वैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिँदै अटोमोबाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागू हुने बताए।

यसै क्रममा उनले अटोमोबाइल स्पेयर पार्टसका केही बस्तुहरुमा यस्तो व्यवस्था गर्न कठिनाई हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधि समेत ल्याउन लागेको जानकारी दिए।

महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नु पर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरुलाई कुने अप्ठेरो र झण्झट पनि नहुने कुरा प्रष्टयाए।

विभागका उपमहानिर्देशकद्धय सेवन्तक पोखरेल र रमेश अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad