कारोबार


वाणिज्य बैंकहरुको हिसाबकिताब : गत वर्ष १८ बैंकको नाफा बढ्दा दुईवटाको घट्यो

२४.९२ प्रतिशतले बढेर ७० अर्ब पुग्यो
वाणिज्य बैंकहरुको हिसाबकिताब : गत वर्ष १८ बैंकको नाफा बढ्दा दुईवटाको घट्यो

फाइल तस्बिर


केशर बोगटी
साउन २१, २०८० आइतबार १२:३३, काठमाडौँ

गत आर्थिक वर्षमा वाणिज्य बैंकको नाफा २४.९२ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको नाफा ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ। 

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकहरुको नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ रहेको थियो।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये २ वटाको नाफा घटेको छ। बाँकी १८ बैंकको नाफा बढेको छ। नाफा घट्नेमा कुमारी र प्राइम बैंक रहेका छन्। 

नेपाल बैंक 
नेपाल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा १६।७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कृषि विकास बैंक
कृषि विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४५।९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सानिमा बैंक
सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा २५।१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही 
अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सिद्धार्थ बैंक 
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ९।९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

माछापुच्छ्रे बैंक 
माछापुच्छ्रे बैंकले बैंकको खुद नाफा भने ९.७५ प्रतिशत मात्र बढेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको त्यही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १०।४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

प्रभु बैंक 
प्रभु बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 
यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४८।५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

हिमालयन बैंक 
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३७।९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नबिल बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ७६।८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कुमारी बैंक 
कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा २४।१४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ५६।२७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ग्लोबल आईएमई बैंक 
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४६।२६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

एनएमबि बैंक 
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३।६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लक्ष्मी सनराइज बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४९।४५ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

एनआईसी एशिया बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

एभरेष्ट बैंक 
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३७।२४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा 
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १३.१४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

प्राइम कमर्सियल बैंक 
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १८.८० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

नेपाल एसबिआई बैंक 
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३६.८२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

राष्ट्रिय वाणिज्य बैंक 
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १४.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .