कारोबार


दर्जन वाणिज्य बैंकले बढाए सेयरमा लगानी, कुनले कति पुर्‍याए?

दर्जन वाणिज्य बैंकले बढाए सेयरमा लगानी, कुनले कति पुर्‍याए?

फाइल तस्बिर


केशर बोगटी
असोज ९, २०८० मंगलबार १७:५४, काठमाडौँ

एक दर्जन वाणिज्य बैंकहरुले सेयर धितो कर्जा बढाएका छन्। सम्रग कर्जा खुम्चिरहेको बेला वाणिज्य बैंकहरुले सेयरधितो कर्जा बढाएका हुन्। 

२०८० साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ४१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। जसमा वाणिज्य बैंकहरुको मात्रै ५८ अर्ब ९० करोड छ। 

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितो बापत ७६ अर्ब ५३ करोड कर्जा प्रवाह गरेका थिए। जसमध्ये वाणिज्य बैंकहरुको मात्रै ५८ अर्ब ६७ करोड रुपैयाँ लागनी थियो।

२०८० असारको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको लगानी घटेको नेपाल राष्ट्र बैंकको तथ्याङले देखाउँछ। तर, वाणिज्य बैंकहरुले मात्रै सेयर धितो कर्जामा गरेको लगानी २३ करोड बढेको छ।  

साउन मसान्तसम्म सानिमा बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सनराइज, कुमारी, माछापुच्छ्रे, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंकले सेयर धितो कर्जा घटेको छ। 

त्यसैगरी नेपाल एसबीआई बैंक र कृषि विकास बैंकको यस्तो कर्जा स्थिर देखिएको छ। अन्य वाणिन्य बैंकले सेयर धितो कर्जा बढाएका छन्। 

यस अवधिमा नबिल बैंकले सर्वाधिक ९ अर्ब ३८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। असारको तुलनामा साउनमा यस बैंकको यस्तो कर्जा ३८ करोड बढेको देखिन्छ। 

यस अवधिमा सबैभन्दा थोरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक छ। यस बैंकले २ करोड ४ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको छ। 

अन्यको कति? 

नेपाल बैंक
नेपाल बैंकले असारको तुलनामा साउनमा सेयर धितो कर्जा बढाएको छ। असारको तुलनामा साउनमा बैंकले सेयर धितो कर्जा १५ करोड रुपैयाँ बढाएर ४ अर्ब ९ करोड रुपैयाँ पर्याएको छ। 

२०८० असार मसान्तसम्म नेपाल बैंकले सेयर धितो कर्जा बापत ३ अर्ब ९४ करोड लगानी गरेको थियो। 

राष्ट्रिय वाणिज्य बैंक
असारको तुलनामा साउनमा राष्ट्रिय वाणिज्य बैंकले सेयर धितो कर्जा घटेको छ। २०८० असारमा बैंकले ४ अर्ब १८ करोड गरेको कर्जा घटेर साउनमा घटेर ४ अर्ब ८ करोडमा सीमित भएको छ।  

नबिल बैंक
नबिल बैंकले सेयर धितो कर्जा बढाएको छ। असारको तुलनामा साउनमा बैंकले सेयर धितो कर्जा ३८ करोड रुपैयाँ बढाएर ९ अर्ब ६८ करोड पुर्‍याएको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब १० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। असारको तुलनामा साउनमा बैंकले यस्तो कर्जा ६ करोड रुपैयाँ बढाएको छ। 

हिमालयन बैंक
हिमालयन बैंकले २ अर्ब ७२ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। असार मसान्तसम्म यस बैंकले यस्तो कर्जा २ अर्ब ९३ करोड प्रवाह गरेको थियो। असारको तुलनामा साउनमा यस बैंकको यस्तो कर्जा घटेको छ। 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले सेयर धितो कर्जा वापत १ अर्ब १० करोड रुपैयाँ प्रवाह गरेको छ। जुन असारको तुलनामा ४ करोडले बढेको छ। 

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले सेयर धितो कर्जा बढाएको छ। बैंकले साउन मसान्तसम्म १ अर्ब १ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सेयर धितो कर्जा घटेको छ। माछापुच्छ्रे बैंक १ अर्ब २४ करोड र एनएबि बैंकले ५३ करोड ९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। 

कुमारी, लक्ष्मी सनराइज र सिद्धार्थ बैंककोसमेत सेयर धितो कर्जा घटेको छ। कुमारी बैंकले ३ अर्ब ८८ करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ६९ करोड, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। 

ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड, सिटिजन्स बैंकले ३ अर्ब ५८ करोड, प्रभु बैंकले ४ अर्ब १ करोड र प्राइम कमर्सियल बैंकले ३ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

सानिमा बैंक
सानिमा बैंकले १ अर्ब २८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। असार मसान्तसम्म यस बैंकले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

कृषि विकास बैंक र नेपाल एसबीआई बैंकको सेयर धितो कर्जा स्थिर नै देखिएको छ। 

कृषि विकास बैंकले साउन मसान्तसम्ममा १ अर्ब १३ करोड र नेपाल एसबीआई बैंकले २ करोड ४ लाख सेयर धितो कर्जा प्रवाह गरेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .