कारोबार


सिप्रदियन सहायताद्वारा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

सिप्रदियन सहायताद्वारा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

नेपालखबर
असोज २८, २०८० आइतबार २०:२७, काठमाडौँ

सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ। 

दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरुको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ(बसपार्क, स्वयम्भू, चावहिल, तिलगङ्गा, वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा,  नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष रु गरिएको छ। 

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।

उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महंगो टिकट मूल्य, टिकट नपाउने संग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सु–सुचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .