कारोबार


भारतको साढे ५ करोड लगानीमा हुम्लामा दुईवटा विद्यालय भवन

भारतको साढे ५ करोड लगानीमा हुम्लामा दुईवटा विद्यालय भवन

नेपालखबर
कात्तिक १, २०८० बुधबार २२:६, काठमाडौँ

छिमेकी भारत सरकारको साढे ५ करोड बढी लगानीमा हुम्लामा दुईवटा विद्यालय भवन बनेका छन्।

भारतका राजदूत  नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले हुम्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन्।

’नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका  ५ करोड ५२ लाख ३ हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित शसरस्वती माद्यमिक विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्महादेव माध्यमिक विद्यालयको ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको हो।

ती विद्याफरलय भवन विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .