कारोबार


काठमाडौँ महानगरपालिकाले ४ महिनामा संकलन गर्‍यो २ अर्ब राजस्व

काठमाडौँ महानगरपालिकाले ४ महिनामा संकलन गर्‍यो २ अर्ब राजस्व

नेपालखबर
मंसिर १०, २०८० आइतबार ११:५९, काठमाडौँ

चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ। 

१० अर्ब ८० करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्यमा ४ महिनामा २ अर्ब ९२ लाख रकम जम्मा भएको हो। 

राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले चौमासिकमा २६.४९ प्रतिशत राजस्व उठेको बताए। 

यसमा प्रशासनिक सेवा शुल्क लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै संकलन भएको छ। 

१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड राजस्व संकलन भएको छ।

यस्तै २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख  राजस्व संकलन भएको छ। 

घरजग्गा रजिस्ट्रेसन १ अर्ब २० करोड लक्ष्य राखिएको दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ अर्थात् ९.१० राजस्व संकलन भएको छ। 

नाता प्रमाणित दस्तुरमा ३५.४८, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८, व्यवसाय रजिस्ट्रेसन दस्तुरमा ३०.७२ प्रतिशत राजस्व स‌ंकलन भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .