ad ad

कारोबार


एनसेल प्रकरणको छानबिन गर्न राप्रपाको माग

एनसेल प्रकरणको छानबिन गर्न राप्रपाको माग

नेपालखबर
मंसिर १९, २०८० मंगलबार २०:५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले एनसेलको सेयर बिक्री प्रकरणबारे छानबिन गर्न सरकारसँग माग गरेको छ।

मंगलबार विज्ञप्ति प्रकाशित गरी राप्रपाले ‘एनसेल सेयर बिक्रीमा अर्बौं रकम कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानुन विपरीत हुने गरी सेयर खरीद बिक्री भएको सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ।

‘यसअघि पनि यस्तै प्रकरणमा कर छली भएको मुद्दा अदालतमा विचाराधीन नै छ। पुनः सोही प्रकारको विषय चर्चामा आएको छ’ पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसमा नेपाल सरकारको प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्वसावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न साथै सत्यतथ्य छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .