ad ad

कारोबार


६ खर्ब ७४ अर्ब पुग्यो बीमा कम्पनीको लगानी : घरजग्गामा शून्य, पूर्वाधार र सेयरबजारमा बढ्यो

६ खर्ब ७४ अर्ब पुग्यो बीमा कम्पनीको लगानी : घरजग्गामा शून्य, पूर्वाधार र सेयरबजारमा बढ्यो

केशर बोगटी
पुस ६, २०८० शुक्रबार १६:१९, काठमाडौँ

बीमा कम्पनीले विभिन्न १३ क्षेत्रमा ६ खर्ब ७४ अर्ब लगानी गरेका छन्। 

जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघु बीमा कम्पनीहरूले २०८० असोज मसान्तसम्म उक्त लगानी गरेका हुन्। 

बीमा प्राधिकरणले लगानी निर्देशिका जारी गरी कम्पनीहरूलाई लगानीको क्षेत्र र सीमा तोकेको छ। यसअनुसार कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती, पूर्वाधार, सेयरबजार, घरजग्गा, डिबेञ्चरलगायतका ११ क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ। 

जीवन बीमा कम्पनीहरूले ६ खर्ब १२ अर्ब ९७ करोड, निर्जीवन बीमा कम्पनीहरूले ६० अर्ब ५१ करोड र लघु बीमा कम्पनीहरूले ९३ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन्। 

यसअनुसार जीवन बीमा कम्पनीले सेयरबजारमा १० अर्ब र निर्जीवन बीमा कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँ लगानी गरेका छन्। जीवन र निर्जीवन बीमा कम्पनीले पूर्वाधारमा ७ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन्। 

बीमा कम्पनीहरूको अधिकांश लगानी भने (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बचत अवस्थामा छ। निर्जीवन बीमा कम्पनीहरूले कुल लगानीको ८१ प्रतिशत अर्थात् ४८ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा राखेका छन्।

जीवन बीमा कम्पनीहरूले कुल लगानीको ६६ प्रतिशत अर्थात् ४ खर्ब ४५ अर्ब बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गरेका छन्। 
नेपाल बीमा प्राधिकरणले लगानी विविधीकरणको नीति लिएपछि बीमा कम्पनीले सेयर, डिबेन्चर र पूर्वाधारमा लगानी बढाउन थालेका छन। 

त्यस्तै बीमा कम्पनीहरूले (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाको सेयर र डिबेन्चरमा ४४ अर्ब रुपैयाँ लगानी गरेका छन्। यस्तै बीमा कम्पनीहरूले पब्लिक कम्पनीको साधारण सेयरमा २२ अर्ब रुपैयाँ लगानी गरेका छन्। 

निक्षेपमा ४ खर्ब ६० अर्ब, घरजग्गामा शून्य
प्राधिकरणले लगानीलाई १३ क्षेत्रमा विविधीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। तर, बीमा कम्पनीहरूले कुल लगानीको ७० प्रतिशत रकम मुद्दती निक्षेपमा राखेका छन्।

बीमा कम्पनीहरूले ‘क’ वर्गका बैंकको मुद्दती निक्षेपमा ४ खर्ब ६० करोड रुपैयाँ र पूर्वाधार विकास बैंकमा ७ करोड गरी ४ खर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन्। यसबाहेक (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थामा भने ५१ अर्ब बढी लगानी गरेका छन्।  

लगानी निर्देशिकाअनुसार बीमा कम्पनीले कुल लगानीको १० प्रतिशतसम्म रकम घरजग्गामा लगानी गर्न सक्छन्। तर उनीहरूले घरजग्गामा लगानी गरेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .