कारोबार


नेपालले राम्रो तयारी नगरे लगानी सम्मेलन विदेशीका लागि ‘रिट्रिट’ मात्रै हुन्छ : परराष्ट्रमन्त्री

नेपालले राम्रो तयारी नगरे लगानी सम्मेलन विदेशीका लागि ‘रिट्रिट’ मात्रै हुन्छ : परराष्ट्रमन्त्री

नेपालखबर
माघ १२, २०८० शुक्रबार १८:१०, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। 

नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा शुक्रबार आयोजित 'अवार्ड फर एक्सेलेन्स' कार्यक्रमलाई सम्बोधन गर्दै साउदले लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए।

‘सबैभन्दा महत्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनु पर्दछ’, उनले भने, ‘आन्तरिक रुपमा हाम्रा जति पनि लगानीकर्ताहरू छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्‍ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।' 

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन्। भने, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौँ।’ 

उनले विदेशीलाई आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधार देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन्। 

‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुअगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौँ, त्यो कुरोचाहीँ पहिले प्रस्तुत हुन आवश्यक छ’, साउदले भने, ‘त्यो काम जति चाँडो हामीले गर्न सक्छौँ, त्यो मोडल लिएर हामीले यी-यी कुरा गर्न सक्यौँ भनेर बाह्य लगानीकर्तालाई भन्‍नसक्छौँ- तपाईंहरु आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्‍नुहुन्छ।’

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्‍ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताएका छन्। 

‘यो काममा सरकारको मन्त्रिमण्डल र परराष्ट्रमन्त्रीको तर्फबाट म पनि कोशिस गर्छु, लगानी बोर्ड र अन्य निकायले पनि लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ’,उनले भने, ‘लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन नसके ‘ठूला’ मान्छेहरू आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्रमात्रै पनि पहिल्याउन नसके सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौँ। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्‍याउनुपर्ने मैले देखेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad