ad ad

कारोबार


३३ अर्बले घट्यो वैदेशिक व्यापार, ८ महिनामा १ खर्बको मात्र निर्यात

३३ अर्बले घट्यो वैदेशिक व्यापार, ८ महिनामा १ खर्बको मात्र निर्यात

नेपालखबर
चैत ६, २०८० मंगलबार १२:३२, काठमाडौँ

नेपालको वैदेशिक व्यापारमा कमी आएको छ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा वस्तु निर्यात र आयात दुवै घटेको हो।  

भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा १० खर्ब ३० अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ।

गत वर्षको यही अवधिमा १० खर्ब ५८ अर्ब रुपैयाँबराबरको आयात भएको थियो। २ दशमलव ६६ प्रतिशतले वस्तु आयात घटेको हो।  

त्यसैगरी फागुन मसान्तसम्ममा १ खर्ब ६१ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ। गत वर्ष यही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको  थियो।

निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो। 

यता नेपालको  वैदेशिक व्यापार समेत ३३ अर्बले घटेको छ। नेपालले चालू आवमा ११ खर्ब ३० अर्ब रुपैयाँको मात्रै वैदेशिक व्यापार गरेको छ।गत आर्थिक वर्षको फागुनसम्ममा ११ खर्ब ६३ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .