ad ad

कारोबार


कारोबार रकममा सुधार, २ कम्पनीको सेयरमा ‘पजिटिभ सर्किट’

कारोबार रकममा सुधार, २ कम्पनीको सेयरमा ‘पजिटिभ सर्किट’

नेपालखबर
चैत ६, २०८० मंगलबार १५:३०, काठमाडौँ

सेयरबजार ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा रोकिएको छ। 

मंगलबार सूचक घटे पनि कारोबार रकम भने केही बढेको छ। 

दिनभरिमा ९४ लाख बढी कित्ता बिक्री हुँदा ३ अर्ब ६३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूह हरियो भए पनि अन्य सबै राताम्य छन्। 

योसँगै बजारमा १०४ कम्पनीको सेयर बढेको, १२८ वटाको घटेको र ११ वटाको सेयर मूल्य उही कायम छ। 

आज बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ। टेबलमा हेर्नुहोस् बढेका र घटेका सेयर — 

उच्च बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
बुद्धभूमि नेपाल हाइड्रोपावर ५५० १०
सर्वोत्तम सिमेन्ट ६११.६० १०
धौलागिरि लघुवित्त ११७१.३० ९.९९
इन्फिनिटी लघुवित्त ९०३ ९.४५
भगवती हाइड्रोपावर ६५७.९० ९.२९

उच्च घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ७.०८
पिपल्स हाइड्रोपावर ३२६ ६.९१
मैलुङ खोला हाइड्रोपावर ४६६ ४.५१
नेपाल हाइड्रो डेभलपर्स ४३०.१० ३.५७
कर्णाली डेभलपमेन्ट बैंक ४०७ ३.५३

सर्वाधिक कारोबार भएका ५ कम्पनी 

कम्पनी कारोबार भएको रकम (रु)
शिवम् सिमेन्ट २५९७२२३६७
सोनापुर मिनरल्स १८८९८४६२८
गुर्खाज फाइनान्स १५८६५९९७३
घोराही सिमेन्ट १०१६५९९७३
नेपाल फाइनान्स ९५५९७१८०

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .