ad ad

कारोबार


२ अर्ब ६५ करोडको सेयर कारोबार, यी हुन् धेरै कमाउने र गुमाउने लगानीकर्ता

२ अर्ब ६५ करोडको सेयर कारोबार, यी हुन् धेरै कमाउने र गुमाउने लगानीकर्ता

नेपालखबर
चैत १५, २०८० बिहिबार १५:१५, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से बिहीबार बढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा थामिएको हो। 

साताको अन्तिम कारोबार दिन ०.२३ प्रतिशतले बढेको बजारमा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँबराबरको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर बिक्री भएको छ। 

योसँगै १२० कम्पनीको सेयर मूल्य बढेको, ११५ वटाको घटेको र १० वटाको अघिल्लो कारोबार मूल्यमा किनबेच भएको छ। 

अन्तिम दिन विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, सामूहिक लगानी, अन्य र व्यापार उपसमूह हरियो भएका छन्। निर्जीवन, माइक्रोफाइनान्स, होटल र वाणिज्य बैंक भने राताम्य छन्। 

धेरै बढेका र घटेका ५ सेयर टेबलमा 

धेरै बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
हिमालयन ऊर्जा विकास ३१५.७० १०
सर्वोत्तम सिमेन्ट १०८२.७० ९.९६
हिमालयन हाइड्रोपावर ३८३.८० ८.७३
सामलिङ पावर कम्पनी ५८९ ८.०७
पिपल्स पावर  ५२० ७.४४

धेरै घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
उन्नति सहकार्य लघुवित्त १४८५ १०
धौलागिरि लघुवित्त १३०८.६० १०
हिमालयन ८०-२० ९.१८ ६.८०
जोशी हाइड्रोपावर ३४५ ३.९०
मैलुङ खोला जलविद्युत् ४७२ ३.२८

धेरै कारोबार भएका ५ सेयर 

कम्पनी कारोबार भएको रकम (रु)
सर्वोत्तम सिमेन्ट १९३७६२८६९
गुर्खाज फाइनान्स १६१९८९५५८
शिवम् सिमेन्ट १५३९३३६४९
सोनापुर मिनरल्स १११८५३१६८
पिपल्स पावर ७०३२३१७९

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .