ad ad

कारोबार


नयाँ वर्षबाट ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुल्ने, भगवान बहालमा निषेध

गृहमन्त्री लामिछानेले गर्नेछन् औपचारिक उद्घाटन
नयाँ वर्षबाट ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुल्ने, भगवान बहालमा निषेध

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै। तस्बिर : सरोज बैजु


नेपालखबर
चैत २९, २०८० बिहिबार १७:१८, काठमाडौँ

व्यवसायीहरूले नयाँ वर्ष २०८१ देखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने घोषणा गरेका छन्। 

बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै यसको औपचारिक घोषणा गरेका हुन्। 

वैशाख १ गते साँझ ६ बजे गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा विशेष उद्घाटन कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। 

सामाजिक र आर्थिक असमानता न्यूनीकरणमा सहायक भई विश्वसनियतालाई कायम गर्न विश्वास लिइएको परिषद् र बोर्डको संयुक्त विज्ञप्तिमा जनाइएको छ। 

त्यस्तै, ठमेल क्षेत्रमा पर्ने भगवान बहाल क्षेत्रभित्रका व्यवसायीले भने २४ सै घन्टा व्यवससाय सञ्चालन गर्न नपाउने बताइएको छ। 

‘हामीले उहाँहरू (भगवान बहाल) क्षेत्रका स्थानीयले सुरक्षित महसुस नगर्दासम्म त्यहाँ बेलुकी १० देखि बिहान ६ बजेसम्म खोल्न निषेध गरिएको छ,’ ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले भने, ‘स्थानीयकै इच्छा अनुसार अहिलेलाई सो क्षेत्र नखुलाउने सहमति भएको हो।’

गृहमन्त्री लामिछानेकै सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले बनाएको आचारसंहिता बमोजिम २४ घन्टा व्यवसाय सञ्चालन गर्ने निष्कर्षमा पुगिएको शर्माले बताए।

‘कानुनको दायरमा रहेर आफ्नो व्यवसाय सञ्चालन गरेको खण्डमा नेपालका व्यवसायले पनि अन्तराष्ट्रिय जगतमा शिर झकाएर हैन शिर उठाएर आफ्नो व्यवसाय सञ्चालन गर्ने वातावरणको सृजना हुनेछ भन्ने कुरामा दुईमत छैन,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

ठमेल पर्यटन बोर्डका अध्यक्ष शर्माका अनुसार ठमेल क्षेत्रमा ६० हजार हाराहारीमा रोजगारी प्रदान गरिएको छ। यहाँ ८ हजार ५ सय व्यवसायीहरू रहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए। 

त्यस्तै, दरबारमार्ग क्षेत्रमा २ सय ब्यवसाय सञ्चालनमा रहेको र ६ देखि ७ हजार व्यक्तिले रोजगारी पाएको दरबारमार्ग विकास बोर्डका संयोजक संजय अधिकारीले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .