नेपाल सरकारले तिर्न बाँकी ऋण २३ खर्ब ८५ अर्ब पुगेको छ। त्यसमा आन्तरिक र बाह्य दुवै ऋणको हिस्सा छ।
आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब र बाह्य ऋण १२ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब ५२ अर्ब रुपैयाँ ऋण भने भुक्तानी गरिएको छ।
त्यसमा आन्तरिक ऋणको हिस्सा १ खर्ब २५ अर्ब र बाह्य ऋणको हिस्सा २६ अर्ब छ।
चालू आर्थिक वर्षको ९ महिनामा सरकारले २ खर्ब ३८ अर्ब रुपैयाँ ऋण लिएको छ। त्यसमा आन्तरिक ऋण धेरै उठाएको छ।
आन्तरिक ऋण मात्रै १ खर्ब ७६ अर्ब रुपैयाँ उठाइसकेको छ। त्यस्तै ६२ अर्ब ९३ करोड रुपैयाँ विदेशी ऋण लिएको कार्यालयको तथ्याङ्कले देखाएको छ।
105
Shares
प्रतिक्रिया