कारोबार


शेख तमिमको भ्रमण : कतारले बंगलादेशसँग गर्‍यो ५ सम्झौता र ५ समझदारी

शेख तमिमको भ्रमण : कतारले बंगलादेशसँग गर्‍यो ५ सम्झौता र ५ समझदारी

बंगलादेश र कतारबीच १० वटा सहकार्यसम्बन्धी सम्झौता तथा समझदारी भएको छ (बीएसएस)


नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १३:४, काठमाडौँ

बंगलादेश र कतारबीच १० वटा सहकार्यसम्बन्धी सम्झौता तथा समझदारी भएको छ। 

बंगलादेशी प्रधानमन्त्री शेख हसिना र कतारका राजा शेख तमिम बिन हमाद अल थानीको उपस्थितिमा विभिन्न १० वटा सम्झौता र समझदारी भएको द डेली स्टारले जनाएको छ। 

५ सम्झौतामा दुई देशबीच कानुनी सहकार्य, द्विपक्षीय लगानीको प्रवर्द्धन र संरक्षण, द्विपक्षीय कर, एफबीसीसीआई र क्यूसीसीआईबीच जल यातायात र संयुक्त व्यवसाय परिषद् (जेबीसी) स्थापना गर्ने रहेको छ। 

त्यसैगरी, दुई देशबीच युवा तथा खेलकुदमा सहकार्य, श्रम तथा रोजगार, कूटनीतिक प्रशिक्षण, शिक्षा र वैज्ञानिक अनुसन्धान र बन्दरगाह व्यवस्थापन कम्पनीहरु मावानी कतार र चटगाउँ बन्दरगाह प्राधिकरणबीच सहकार्य गर्ने समझदारी भएको बताइएको छ। 

यसअघि प्रधानमन्त्री हसिनाले शेख तमिमलाई आफ्नो कार्यालयमा स्वागत तथा भेट गरेकी थिइन्। उनीहरुबीच एक्लाएक्लै वार्ता समेत भएको थियो। आजै कतारी राजा र बंगलादेशी राष्ट्रपतिसँग भेटवार्ता हुने कार्यक्रम समेत छ। 

बंगलादेशमा कतारी राजाको राजकीय भ्रमण भएको हो। बंगलादेशको भ्रमण गरी आजै कतारी राजा नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै छन्। 

नेपालसँग पनि कतारले केही समझदारी गर्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .