ad ad

कारोबार


तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति?

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति?

नेपालखबर
जेठ १६, २०८१ बुधबार ११:३६, काठमाडौँ

नेपालमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। 

सुनको प्रतितोला ६ सय रुपैयाँले बढ्दा चाँदी पनि तोलामा १० रुपैयाँ महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै चाँदी १ हजार ९ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

मंगलबार छापावाल सुन १ लाख ३७ हजार ६ सय, तेजाबी सुन १ लाख ३६ हजार ९ सय ५० र चाँदी १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ५९ अमेरिकी डलर र चाँदी ३२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .