कारोबार


नेपाल आउने पर्यटकलाई एनसेल र एनटीसीका यी अफर

नेपाल आउने पर्यटकलाई एनसेल र एनटीसीका यी अफर

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ८:२८,

मुलुकका दूरसञ्चार सेवा प्रदायकहरुले नेपालमा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरेर मोबाइल सेवामा विभिन्न प्याकेज दिँदै आएका छन्। नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै केही थप प्याकेज समेत घोषणा गरिएको छ।

प्रमुख दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै विभिन्न प्याक र अफर घोषणा गरेका छन्।

उनीहरुले सिमसहित पाँच दिनदेखि एक महिनासम्म चलाउन सकिने विभिन्न प्याकेजहरु पर्यटकलाई उपलब्ध गराएका छन्।

ncell office

एनसेलको टुरिष्ट सिम
यस्ता प्याकेजका ल्याउने निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेल अगाडि देखिएको छ। उसले नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै ‘टुरिष्ट सिम’ समेत सार्वजनिक गरिको थियो।

जनवरी २२ देखि लागू गरेको यो सिम सबै नेटवर्कमा प्रयोग गर्न सकिने डाटा कम्बो प्याकसहित उपलब्ध रहेको एनसेलले जनाएको छ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकले सय रुपैयाँ (भ्याटसहित)मा उक्त सिम लिन सक्छन्। उक्त प्याकमा ३० रुपैयाँ ब्यालेन्स र ३ दिनको समयावधि भएको एक जीबी डाटामा उपलब्ध छ।

यो सिममा उपलब्ध भएको प्याकबाट जुनसुकै नेटवर्कमा कुरा गर्न सकिन्छ। यो सिममा उपलब्ध हुने ५ वटा कम्बो प्याक ३ दिनदेखि एक महिनासम्म प्रयोग गर्न सकिनेछ।

पर्यटकलाई दिइएको कम्बो प्याकमध्ये ३ दिनको लागि २ सय ९० रुपैयाँको सिम पनि रहेको छ। ३ जीबी डाटा र ३० मिनेट टक टाइम भएको सबै नेटवर्कका कुरा गर्न सकिने प्याक रहेको छ।

त्यस्तै, ४९० रुपैयाँको ७ दिनको प्याक छ। जसमा ७ जीबी डाटा र ७० मिनेट सबै नेटवर्कका कुरा गर्न सकिने सुविधा छ।

एनसेलले १४ दिनको लागि १४ जीबी डाटा र १४० मिनेटको सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक ल्याएको छ। यसको मूल्य ९ सय ८० रुपैयाँ छ।

नेपालमा अलि लामो समय बस्ने चाहनाले पर्यटकले २८ वा ३० दिनको प्याक लिन पनि सक्नेछन्। २८ दिनको प्याकको मूल्य १ हजार ४ सय ७० छ। जसमा २८ जीबी डाटा र २ सय ८० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिनेछ।

३० दिनको लागि २ हजार ८ सय ८ रुपैयाँमा ८ जीबी डाटा र ८ सय ८८ मिनेट सबै नेटवर्क कुरा गर्न सकिने अर्को प्याक पनि एनसेलले ल्याएको छ।

टुरिष्ट सिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै उपलब्ध छ। साथै, एनसेल सेन्टर र अन्य विक्रेताको उपलब्ध रहेको एनसेलले जनाएको छ। उक्त सिम लिन पर्यटकले आफ्नो फोटो र पासपोर्टको फोटोकपी उपलब्ध गराउनुपर्नेछ।

Nepal Telecom central office

नेपाल टेलिकमका दुई अफर
नेपाल टेलिकमले भिजिट नेपाललाई भनेर कुनै अफर सार्वजनिक गरेको त छैन तर पर्यक लक्षित अफर भने पहिलेदेखि दिँदै आएको छ।

उसले अघिल्ला वर्षदेखि नै नेपालमा आउने पर्यटकलाई विभिन्न अफर ल्याएको टेलिकम सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।

नेपाल टेलिकमले पर्यटकको लागि भनेर दुई प्रकारका प्याक ल्याएको छ।

पहिलो हो ५ दिनसम्म चलाउन सकिने प्याक। जसमा ५ जीबी डाटा, आफ्नै नेटवर्कमा ५० वटा एसएमएस र सय रुपैयाँको अन्तर्राष्ट्रिय कल वा एसएमएसको सुविधा रहेको छ। सिमसहित यस प्याकेजको मूल्य ५ सय रुपैयाँ रहेको छ।

यो प्याक प्रयोग गर्दा प्रतिएमबी डाटाको मूल्य ०.०७२ र भ्वाइसको मूल्य प्रतिमिनेट ०.५० रुपैयाँ पर्ने टेलिकमको भनाइ छ।

त्यस्तै, टेलिकमले पर्यटकको लागि ल्याएको अर्को प्याकेज १० दिनको लागि छ।

दश दिनसम्म प्रयोग गर्न सकिने यस प्याकेजमा १० जिबी डाटा, १०० वटा आफ्नै नेटवर्कमा एसएमएस र २ सय रुपैयाँबराबरको अन्तर्राष्ट्रिय कल वा एसएमएसको सुविधा छ। सिमसहितको यस प्याकेजको मूल्य एक हजार रुपैयाँ रहेको टेलिकमले जनाएको छ।

५ दिनको प्याकेज जस्तै यो प्याक प्रयोग गर्दा पनि प्रतिएमबी डाटाको मूल्य ०.०७२ र भ्वाइसको मूल्य प्रतिमिनेट ०.५० रुपैयाँ पर्ने टेलिकमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad