कारोबार


ग्राहकलाई राष्ट्र बैंकको छुट : दसैँ र तिहारभर वालेटबाट ३० पटकसम्म कारोबार गर्न सकिने

ग्राहकलाई राष्ट्र बैंकको छुट : दसैँ र तिहारभर वालेटबाट ३० पटकसम्म कारोबार गर्न सकिने

नेपालखबर
असोज २२, २०८१ मंगलबार १३:२०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले दसैँ र तिहारको अवसरमा भुक्तानी प्रदायक संस्था डिजिटल वालेटको सीमालाई बढाएको छ। 

दसैँ र तिहारमा कारोबारलाई सहज बनाउन राष्ट्र बैंकले डिजिटल वालेटमा लगाएको सीमा बढाएको हो।

बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई परिपत्र गर्दै सर्वसाधारणले दैनिक ३० पटकसम्म वालेटबाट करोबार गर्न सक्ने व्यवस्था गरेको छ। हाल कायम रहेको प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्नसक्ने व्यवस्था थियो। 

दसैँ र तिहारमा हुने डिजिटल कारोबारलाई मध्यनजर गर्दै बैंकले अब ३० पटकसम्म रकम जम्मा तथा कारोबार गर्न सक्ने व्यवस्था गरेको हो। बैंकले असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ देखि कात्तिक २२ गतेसम्मका लागि सीमा बढाएको हो। 

सो दिनभन्दा बाहेकका दिनमा भने बैंकको पुरानै व्यवस्था लागू हुने जनाइएको छ। 

यो अवधिबाहेकको समयमा प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा दैनिक १० पटकसम्म रकम जम्म वा भुक्तानी गर्न सक्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad