दिनभर बढेको बजार अन्ततिर घटेर २ अंकको वृद्धिसँगै बन्द भएको छ।
बिहीबार नेप्से सूचक २.४७ अंकले बढेर २७४५.३६ अंकमा बन्द भएको हो।
यो दिन सूचक एकल अंकले बढे पनि कारोबार भने उत्साहजनक देखियो। लगानीकर्ताले आज ३ सय १६ कम्पनीको १ करोड ८८ लाख कित्ता सेयर ७ अर्ब १९ करोड रुपैयाँमा कारोबार गरेका हुन्।
जसमा सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ। यो बैंकको ३३ करोडको सेयर कारोबार भएको हो।
आजको बजारमा ८९ वटा कम्पनीको मात्रै सेयरमूल्य बढेको छ। यसमा गुडविल फाइनान्स ७ प्रतिशतको मूल्यवृद्धिसहित अग्रस्थानमा छ।
यस्तै आज कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य घट्दा सबैभन्दा धेरै अप्पर स्यांगे हाइड्रो र मिड सोलु हाइड्रोको मूल्य घटेको छ।
यी दुवै कम्पनीको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो।
39
Shares

प्रतिक्रिया