कारोबार


डिजिटल टुरिजम विकासतर्फ ध्यान दिन पर्यटनमन्त्रीको जोड

डिजिटल टुरिजम विकासतर्फ ध्यान दिन पर्यटनमन्त्रीको जोड

नेपालखबर
पुस ३, २०८१ बुधबार १३:१४, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएका छन्।

बुधबार नेपाल हस्तकला महासंघ नेपालले पहिलोपटक राजधानीमा आयोजना गरेको नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। 

मन्त्री पाण्डेले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन। निजी क्षेत्र अघिअघि, सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास हुने हो।’ 

उनले चिनियाँहरूले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचारपसार गरिरहेकोप्रति खुसी व्यक्त गरे।भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्त्व हुने उनको भनाइ थियो।

उनले प्रकृतिमाथिको खतराबाट जोगिन पर्यावरणमैत्री पर्यटनमा केन्द्रित पनि सुझाव दिए। पछिल्लो समय आइटी क्षेत्रको विकासले शिखर चुमेको उल्लेख गर्दै उनले डिजिटल टुरिजम विकासतर्फसमेत ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले नेपाल र चीनबीच प्राचीन समयदेखि नै चित्रकला, काष्ठकला लगायतका विषयसमेत जोडिएको स्मरण गर्दै नेपाल-चीन शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे।

स्थलमार्ग र हवाईमार्गमार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad