कारोबार


५ महिनामै सरकारले लियो झण्डै २ खर्ब ऋण, डेढ खर्ब भुक्तानी

५ महिनामै सरकारले लियो झण्डै २ खर्ब ऋण, डेढ खर्ब भुक्तानी

नेपालखबर
पुस ७, २०८१ आइतबार १३:४५, काठमाडौँ

सरकारले चालू आर्थिक वर्षको ५ महिनामा १ खर्ब ९२ अर्ब रुपैयाँ ऋण लिएको छ।

चालू आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तसम्म ५८ अर्ब ३१ करोड थप भएको हो। 

सरकारले मंसिर मसान्तसम्म १७ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ। ५ महिनामा सरकारले १ खर्ब ४४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अब सरकारले २४ खर्ब ९२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ।

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण दायित्व १२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। 

सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ। ५ महिनामा ३५.१५ प्रतिशत ऋण उठाएको छ। यसमा आन्तरिक ऋण लक्ष्यको ४९.७० प्रतिशत उठाइसकेको छ भने वैदेशिक ऋण १३ प्रतिशत मात्रै प्राप्त गरेको छ। 

चालू आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ३ अर्ब बजेट विनियोजन भएकोमा मंसिरसम्म १ खर्ब ७० अर्ब ५९ करोड भुक्तानी भएको छ। वार्षिक बजेट विनियोजनको आधारमा ४२.३५ प्रतिशत हो। बाँकी बजेट २ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ। 

आन्तरिक ऋण भुक्तानी ३ खर्ब ३६ अर्ब रुपैयाँ बजेटमा उल्लेख गरिएकोमा मंसिर मसान्तसम्म खर्च १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ। बाँकी १ खर्ब ८७ अर्ब रुपैयाँ बाँकी छ।

यसमा सावाँ तिर्नको लागि २ खर्ब ४५ अर्ब रुपैयाँ छुट्टाइएकोमा १ खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ। ब्याज भुक्तानीमा ९१ अर्ब रुपैयाँ छुट्टाइएको छ। जसमा २० अर्ब रुपैयाँ ब्याज भुक्तानी गरेको छ। जुन बजेटको ३१.७६ प्रतिशत खर्च भएको छ। 

बाह्य ऋण भुक्तानीमा ६५ अर्ब ८९ करोड रुपैयाँ छुट्टाइएकोमा २० अर्ब ९३ करोड रुपैयाँ छ। बैदेशिक ऋणको सावाँ भुक्तानी ५३ अर्ब ९४ करोड छुट्टाएकोमा १७ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ।

बाह्य ब्याज भुक्तानी ११ अर्ब ९५ करोड छुट्याएकोमा ३ अर्ब ६१ करोड रुपैयाँ छ।

कुल सावाँ खर्चको लागि २ खर्ब ९९ अर्ब रुपैयाँ छुट्याएकोमा १ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ। ५ महिनामा जम्मा ब्याज तिर्न १ खर्ब ३ अर्ब रुपैयाँ छुट्याएकोमा २६ अर्ब रुपैयाँ तिरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad