कारोबार


सिमेन्टको मूल्य घटाउन सांसदको माग

सिमेन्टको मूल्य घटाउन सांसदको माग

नेपालखबर
माघ २०, २०८१ आइतबार १५:१३, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताए। सांसद अछामीले चार महिनाअघि ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भन्दा पनि बढी रहेको स्पष्ट पारे।

उनले सिमेन्टमा कार्टेलिङ र सिण्डिकेट भएको दाबी पनि गरे। सिमेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने परिस्थिति रहेको गुनासो गरे। यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको उनले बताए।

‘अहिले यो सिमेन्टमा असाध्यै चर्को मूल्यवृद्धि भएको छ। यो भन्दा चार महिनाअघि साढे ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भएको छ। यसमा कार्टेलिङ भएको छ। सिण्डिकेट भएको छ’ उनले भने, ‘सार्वजनिक लेखा समितिले पनि छलफल गरेर सरकारलाई निर्देशन दिएको छ। त्यसको कार्यान्वयन गरी सिमेन्टको मूल्य घटाउन सरकारको तर्फबाट पहल होस्।’

सांसद सार्कीले मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad