कारोबार


कुलमानले रद्द गरे भारत जाने कार्यक्रम

कुलमानले रद्द गरे भारत जाने कार्यक्रम

नेपालखबर
फागुन १२, २०८१ सोमबार १४:३६, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत जाने कार्यक्रम रद्द गरेका छन्। 

उनीनिकट स्रोतका अनुसार घिसिङ भारत नजाने भएका हुन्। 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पछिल्लो समय कार्यकारी निर्देशक घिसिङको सम्बन्ध राम्रो छैन।

खासगरी नेपाल विद्युत् प्राधिकरण र मन्त्रालयबीच उद्योगीहरुसँगको डेडिकेटेड र ट्रंकलाइनको बिजुली प्रयोगबापत महसुल बक्यौतामा मतैक्य छैनन्। 

योसँगै प्राधिकरण सञ्चालक समितिमा फेरबदलदेखि प्राधिकरणमा आफ्नो कार्यकक्ष स्थापना गर्नेसम्मका काम मन्त्री खड्काले गरेका छन्। उता सञ्चालक समिति बैठकमा घिसिङले ‘नोट अफ डिसेन्ट’ राख्नेसम्मका कार्य गरेका थिए। 

यहीबीच मन्त्रीले घिसिङलाई हटाउनलागेका समाचारहरु आइरहँदा उनको भारत जाने कार्यक्रम स्थगित भएको हो। 

नोइडामा अहिले ऊर्जासँग सम्बन्धित १६ इलेक्रामा कार्यक्रम चलिरहेको छ। २६ तारिखसम्म चल्ने यो कार्यक्रम भविष्यका लागि ऊर्जासँग सम्बन्धित छ। यो ५ दिने कार्यक्रममा १००० प्रदर्शक र ४ लाख बढी अवलोकनकर्ता आउने आशा गरिएको भारतीय मिडियाले लेखेका छन्। 

यही सन्दर्भमा घिसिङ जाने तयारीमा भए पनि अन्तिममा नजाने पक्का भएको स्रोतले बतायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad