बलिउड अभिनेत्री सान्या मल्होत्राको मुख्य भूमिका रहेको फिल्म ‘मिसेज’ फेब्रअरीबाट जीफाइफमा स्ट्रिमिङ भइसकेको छ। यस फिल्मले एक घरेलु गृहिणीको कथा भन्छ। जसलाई दर्शकहरुले निकै मन पराइरहेका छन्।
तर, यसैबीच अभिनेत्री तथा सांसद कंगना रनौतले फिल्मको कन्सेप्टलाई लिएर आलोचना गरेकी छिन्। यद्धपी, उनले फिल्मको नाम भने उल्लेख गरेकी छैनन्।
‘म ठूलो हुँदै गर्दा आफ्नो घरमा हुकुम नचलाउने महिला देखिनँ। कति बेला खाना खाने, कति बेला बाहिर जाने र कति बेला सुत्ने, आफ्नो श्रीमानले खर्च गरेको एक-एक पैसाको हिसाब राख्थे। केटाहरू बाहिर गए र साथीसँग रक्सी पिएको निहुँमा झगडा पर्थ्यो। बुबा हामीसँग बाहिर खाना खान जादाँ आमा कराउनु हुन्थ्यो। किनकी हाम्रो लागि खाना बनाउनु उहाँको खुसी थियो। यसरी महिलाहरू धेरै कुरा कन्ट्रोल गर्थे। बुढो मान्छे बच्चाको काम गर्थे र उनीहरूको इमोशनल सपोर्ट हुन्थे। घरका महिला रानी थिए। महिलालाई कम महत्व दिने हुन सक्छ तर संयुक्त परिवारमा यस्तो कुरा सामान्य हो। बुढा मान्छेलाई राक्षस देखाउन बन्द गरौँ। गृहिणीहरूलाई ज्यालादारी कामदारसँग तुलना गर्न बन्द गरौं,’उनले लेखेकी छिन्।
साथै उनले बिहे मान्यता वा अटेन्सनको लागि मात्रै नगर्ने धारणा राखेकी छिन्। उनी लेख्छिन्, ‘विवाह अटेन्सनको लागि गरिदैन। कमजोर व्यक्तिलाई बलियो बनाउन गरिन्छ। यो बुद्धबुद्धा र बच्चाको लागि जरूरी हुन्छ। दुवै हेल्पलेस हुन्छन्। आमाबुबाले हाम्रो लागि सबै गरे तर उनीहरूले कहिले प्रश्न उठाएनन्। बलिउड प्रेमकथाले बिहेको विचारलाई बिगार्छन्। विवाह हाम्रो देशमा सधैं हुँदै आएको जस्तै हुनुपर्छ। यसको सधैं एउटा उद्देश्य हुन्छ र त्यो उद्देश्य धर्म हो, जसको मूल अर्थ कर्तव्य हो। बस आफ्नो कर्तव्य निर्वाह गर्नुस्।’
कंगनाले संयुक्त परिवार सबैभन्दा ठूलो शक्ति भएकाले सम्बन्ध विच्छेदलाई प्रोत्साहन गर्न नहुने बताइन्। साथै युवा पुस्ताले आफ्नो वृद्ध आमाबुवालाई त्याग्न नहुने समेत उनको भनाइ छ।
Shares

प्रतिक्रिया