कारोबार


२५ प्रतिशतले घटे नेपाल आउने भारतीय पर्यटक

२५ प्रतिशतले घटे नेपाल आउने भारतीय पर्यटक

नेपालखबर
फागुन १८, २०८१ आइतबार १८:२२, काठमाडौँ

नेपाल आउने भारतीय पर्यटक २५ प्रतिशतले घटेका छन्। 

फेब्रुअरी महिनामा २०२४ को तुलनामा २०२५ मा एक चौथाइले पर्यटक आगमन घटेको हो। 

सन् २०२४ मा फेब्रुअरीमा २५ हजार ५७८ पर्यटक भित्रिएका थिए। २०२५ को फ्रेबुअरीमा १९ हजार १८७ पर्यटक भित्रिएका हुन्। 

भारतमा महाकुम्भ मेला हुँदा नेपाल आउने पर्यटक भारतमै रोकिएको पर्यटन बोर्डको विश्लेषण छ। त्यसबाहेक नेपालमा भएका दुर्घटनाले समेत भारतीयमा नकरात्मक प्रभाव परेको बोर्डका अधिकारी बताउँछन्। 

यस अवधिमा श्रीलंका र बंगलादेशबाट आउने पर्यटकमा वृद्धि भएको छ। तर पाकिस्तान र भुटानबाट आउने पर्यटक समेत घटेर सार्क क्षेत्रबाट १४.२ प्रतिशतले घटेका छन्। चीनबाट आउने पर्यटक ९.८ प्रतिशतले घट्दा अमेरिकी महादेशबाट आउने पर्यटक १४ प्रतिशतले बढेका छन्। 

२०२४ को फेब्रुअरीमा कुल पर्यटक ९७ हजार ४२६ भित्रिएका थिए। २०२५ को फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक भित्रिएका छन्। तुलनात्मक रुपमा ०.६ प्रतिशतले पर्यटक आगमन घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad