कारोबार


मुक्तिनाथ मन्दिरमा भारतीयलाई भेटी चढाउन सजिलो, गभर्नरले शुभारम्भ गरे भीम यूपीआई सेवा

मुक्तिनाथ मन्दिरमा भारतीयलाई भेटी चढाउन सजिलो, गभर्नरले शुभारम्भ गरे भीम यूपीआई सेवा

नेपालखबर
चैत ३, २०८१ आइतबार १३:५, काठमाडौँ

मुस्ताङ्गको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भीम यूपीआई सेवा शुभारम्भ गरेका छन्।

उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्। 

यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। 

साथै, यो सेवा क्रस(बोर्डर ९सीमापार० डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अधिकारीले भीम यूपीआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे। उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नविनतम प्रविधिहरूको प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए। उनले डिजिटल भुक्तानी प्रविधिलाई नेपालभर सर्वसुलभ बनाउने तथा वित्तीय पहुँचलाई विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाउने उल्लेख गरे।

यस अवसरमा प्रभु बैंकका प्रतिनिधिहरूले बैंक प्रविधिमा निरन्तर अग्रसर रहेको जानकारी गराउँदै बैंकले देशभर ७७ वटै जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको र देश(विदेशमा उत्कृष्ट रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको बताएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad