कारोबार


आजदेखि घुम्ती सेवामार्फत ग्यास वितरण गर्दै आयल निगम, गर्नुस् यी नम्बरमा सम्पर्क

आजदेखि घुम्ती सेवामार्फत ग्यास वितरण गर्दै आयल निगम, गर्नुस् यी नम्बरमा सम्पर्क

नेपालखबर
चैत १८, २०७६ मंगलबार ५:२६,

लकडाउनका कारण समस्यामा परेका नागिरकका लागि नेपाल आयल निगमले आज (मंगलबार) देखि घुम्ती सेवामार्फत खाना पकाउने ग्यास वितरण सुरु गरेको छ।

ग्यास नपाएको भन्ने गुनासा आएकाले तोकिएको खुद्रा मूल्य लिई घुम्ती सेवामार्फत एलपी ग्यास बिक्री वितरण सुरु गरिएको निगमले जानकारी दिएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरी ग्यास वितरण थालिएको हो।

अति आवश्यक पर्ने उपभोक्ताले तोकिएको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्ने निगमले जनाएको छ। यो सेवा रिङरोड क्षेत्रका उपभोक्ताले मात्र पाउनेछन्।

लकडाउन अवधिभरका लागि टेकुस्थित आयल निगमको कार्यालयबाट ग्यास वितरण गरिने प्रवक्ता उपाध्यायले जानकारी दिएका छन्।

उनका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामी/असहाय, अनाथालय, फरक क्षमता भएकालाई प्राथमिकता दिइनेछ।

यी नम्बरमा सम्पर्क गरेर ग्यास लिन सकिने आयल निगमले जनाएको छ।

सम्पर्क नम्बर- ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad