समाज


कोरोना संक्रमण भएपछि मर्नेभन्दा निको हुनेको संख्या चौब्बर बढी

कोरोना संक्रमण भएपछि मर्नेभन्दा निको हुनेको संख्या चौब्बर बढी

नेपालखबर
चैत १८, २०७६ मंगलबार ४:३५,

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भइरहेको खबर मात्रै प्राथमिकतासाथ आइरहेका छन्। तर यसको संक्रमण भएर पनि उपचारपछि निको हुने बिरामीको संख्या निकै छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसको संक्रमण भएर उपचारपछि निको हुनेको संख्या डेढ लाख नाघिसकेको छ।

यसरी निको हुनेमा धेरैजसो चीनका छन्, जहाँ कोरोनाको जन्म भएको थियो। चीनमा कोरोना संक्रमितमध्ये ७६ हजार ५२ जना उपचारपछि पूर्ण स्वस्थ भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै स्पेनका संक्रमितमध्ये १६ हजारभन्दा बढी तथा इटालीमा १४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेका छन्।

यसैगरी इरानमा १३ हजार ९ सय ११ तथा जर्मनीमा १३ हजार ५ सय मानिसले उपचारपछि कोरोना भाइरसबाट छुटकारा पाएका छन्।

मंगलबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८० पुगेको छ।

तर उपचारपछि कोरोना संक्रमणबाट मुक्त भएका बिरामीको संख्या १ लाख ६५ हजार पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार यो भाइरसको खास औषधि पत्ता लागिनसकेको भए पनि ८० प्रतिशतसम्म बिरामी बिनाउपचारै निको हुन्छन्।

यसैगरी यो संक्रमणका परेका बिरामीलाई उचित आहारविहार तथा लक्षणका विभिन्न औषधि दिएर निको पार्ने गरिएको विज्ञहरू बताउँछन्।

यदकदा अपवादमा कम अर्थात् युवा उमेरका मानिस पनि यो भाइरसको जोखिममा रहेका भए पनि विशेष गरी पाका उमेरका तथा रोग प्रतिरोधात्मक क्षमता (भाइरससँग लड्ने भित्री शक्ति) कमजाेर भएका र पहिल्यै विभिन्न रोगले ग्रस्त मानिस यो संक्रमणको उच्च जोखिममा रहेको अध्ययनले देखाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad