नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बोर्ड सदस्य फेरबदल भएको छ।
आइतबार बैंकको सञ्चालक समिति बैठकले ग्लोबल आईएमई बैंकका तर्फबाट सञ्चालक रहेका रत्नराज बज्राचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सञ्चालक नियुक्त गरेको हो।
आइतबारदेखि नै लागू हुने गरी सो बैंकका प्रतिनिधि सुमन पोखरेललाई नयाँ सञ्चालक नियुक्त गरिएको हो।
योसँगै बैंकको सञ्चालक समिति अध्यक्षमा विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवालसहित सदस्यहरुमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका प्रतिनिधि लालमणि जोशी, ग्लोबल आईएमईका प्रतिनिधि सुमख पोखरेल संस्थापक सदस्य रहेका छन्।
त्यसैगरी सर्वसाधारण सेयरधनीतर्फ लिमा अधिकारी र प्रवीण सुवेदी तथा स्वतन्त्र सञ्चालकतर्फ महेश प्रसाद दहाल सदस्य छन्।
147
Shares

प्रतिक्रिया