कारोबार


उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीलाई दियो ५८ बुँदे बजेट सुझाव

कम्तीमा २ वर्ष राजस्वको वृद्धिदर जति नै बजेटको आकार पनि बढाउन सुझाव
उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीलाई दियो ५८ बुँदे बजेट सुझाव

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १२:१०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बजेट सुझाव दिएको छ। 

अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई महासंघको तर्फबाट बजेट सुझाव पेस गरेका हुन्। 

नेपाल पछाडि पर्नुको मुख्य कारण सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अत्यन्त न्युन हुनु कारण रहेकोले लगानीसम्बद्ध एकीकृत कानुन, एकमात्र सहजीकरण, नियमन गर्ने निकाय र एकीकृत सेवा पहिलो आवश्यकता भएको उनले बताए। 

त्यसैगरी लगानी दशक घोषणा गरी नीतिगत स्थायित्व र ठोस कार्ययोजना दोस्रो प्राथमिकता भएको भन्दै उनले कार्ययोजना निर्माणमा महासंघले सघाउने बताए। 

साना मझौला उद्योगको अनलाइन दर्ता र राजस्वसम्बन्धी व्यवस्था, सूचना प्रविधि उद्योगको विस्तार, खाडी मुलुकलक्षित निर्यात कार्यक्रम, हिलस्टसन, खेलकुद, विवाह कार्यक्रम केन्द्रित पर्यटन कार्यक्रम तत्काल सकारात्मक नतिजा दिने योजना भएकाले त्यसतर्फ सोच्न उनको आग्रह छ। 

ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका अधिकांश सुझावको कार्यान्वयनले नयाँ चरणको सुधारको मार्गप्रशस्त गर्नेछ।

यस्तो छ ५८ बुँदे सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad